२०८२, ३ माघ शनिबार

प्रदेश नं ३ : चार विधेयक टेबल

प्रदेश नं ३ : चार विधेयक टेबल


हेटौँडा, ११ पुस : प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा अर्थ तथा विकास समितिको प्रतिवेदनसहित चार वटा विधेयक छलफलका लागि प्रस्ताव टेबल गरिएको छ । प्रदेशसभाको अर्थ तथा विकास समितिका अध्यक्ष सरेश नेपालले विभिन्न समितिमा दफावार छलफल भइआएको प्रदेशमा सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकको २०७५ को प्रतिवेदन र कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावादोर्जे तामाङले प्रदेशमा सहकारीको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

बैठकमा उद्योग, वन, पर्यटनमन्त्री अरुणकुमार नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०७५, र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण र सु–व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई छलफल गर्न प्रस्ताव टेबल गर्नुभयो ।

बिहीबार पुस १२ गते दिनको १ बजे बस्ने प्रदेशसभाको बैठकमा पूर्ण छलफल गर्ने गरी विधेयक पारित गर्ने तालिका रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशसभाको आज बसेको बैठक अपराह्न ४ बजे शुरु गरी ४ः१० मा सभामुखले बिहीबार लागि स्थगन गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ६ : २४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको