२०८३, १ असार मंगलबार

काङ्ग्रेस नेताले प्रधानाध्यापक र वडाध्यक्ष कुटे

काङ्ग्रेस नेताले प्रधानाध्यापक र वडाध्यक्ष कुटे


गुल्मी, पुस ११ : गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारकाे अनुसार नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्यालमाथि हातपात गरेका हुन् ।

विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला एक्कासी काङ्ग्रेस नेता जिसी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ । नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए ।

साँझको समयमा जिसीले मदिरा सेवन गरी हातपात गरेको कार्कीले आरोप लगाएकाे राजधानी दैनिकले जनाएकाे छ । घटनाको विषयमा मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित बैठक बस्यो । तर निष्कर्ष भने केहि निस्किएको छैन ।

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : ४६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई