२०८२, ३ माघ शनिबार

काङ्ग्रेस नेताले प्रधानाध्यापक र वडाध्यक्ष कुटे

काङ्ग्रेस नेताले प्रधानाध्यापक र वडाध्यक्ष कुटे


गुल्मी, पुस ११ : गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका खबर आजको राजधानी दैनिकले छापेको छ । समाचारकाे अनुसार नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्यालमाथि हातपात गरेका हुन् ।

विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला एक्कासी काङ्ग्रेस नेता जिसी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ । नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए ।

साँझको समयमा जिसीले मदिरा सेवन गरी हातपात गरेको कार्कीले आरोप लगाएकाे राजधानी दैनिकले जनाएकाे छ । घटनाको विषयमा मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित बैठक बस्यो । तर निष्कर्ष भने केहि निस्किएको छैन ।

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : ४६ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको