२०८२, २१ फाल्गुन शुक्रबार

काभ्रेका ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण

काभ्रेका ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण


काभ्रेपलाञ्चोक, १० पुस: जिल्लामा कोरियाली रेडक्रसको सहयोगमा ६ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिएको छ । अन्य ६ स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति रघुवर चौप्रधानका अनुसार रविओपी, महेन्द्रज्योति, रयाले, खरेलथोक, ज्याम्दी र चण्डेनीमण्डनमा २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकी भवनको पुनःनिर्माण गरिएको हो । बाल्टिङमा निर्माण गरिएको स्वास्थ्य चौकी भवन यसै साता समुदायलाई हस्तान्तरण गरिनेछ ।

बनखु, फलामेटार, गोठपानी, पोखरीचौँरी र सानो वाङ्थलीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । कोरियाली रेडक्रसकी नेपालस्थित प्रतिनिधि सुनी किमले भूकम्पबाट प्रभावित केही जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, “ग्रामीण भेगमा भवन बनाएर नेपाली नागरिकको स्वास्थ्य सेवा गर्न पाएकामा खुशी छौँ ।” कोरियाली रेडक्रसले भूकम्पबाट क्षतिग्रस्त काभे्रपलाञ्चोकमा १२, धादिङमा एक र सिन्धुपाल्चोकमा १४ स्वास्थ्य चौकी भवन निर्माण गर्न सम्झौता गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका स्वास्थ्य कार्यक्रम अधिकृत दीपक पोखरेलले जानकारी दिनुभयो । धादिङमा भवन निर्माण भइसकेको छ भने सिन्धुपाल्चोकमा १२ भवन निर्माण गरिएकामा दुई भवन निर्माणाधीन अवस्थामा छन् ।

“एउटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्न रु ६० लाखदेखि रु ६५ लाखसम्म खर्च भएको छ,” पोखरेलले भन्नुभयो । उक्त रकमले प्रिफेबको प्रयोग गरी स्वास्थ्य चौकी भवन, उपकरण तथा कर्मचारी आवास निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “केही भवनमा सोलारबत्तिसहित तातोपानीको व्यवस्थापन गरिएको छ ।” जिल्ला स्वास्थ्य समन्वय एकाइका अनुसार भूकम्पबाट क्षतिग्रस्त ४३ स्वास्थ्य चौकी भवनमध्ये ३७ वटा गैर सरकारी संस्थाको सहयोगमा निर्माण गर्ने सम्झौता भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ८ : ५६ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको