२०८२, ३ माघ शनिबार

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !


काठमाडौं , पुस ७ : तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउनका लागि छुट्याइने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्।

दैनिक ३० जनाका लागि दालभात, तरकारी, अचार तयार हुँदै आएको छ। तर श्राद्ध भोजनमा १२\१३ जना मात्र आउने गरेका छन्। बज्रघरका पाले ऋषिराम चालिसेले भोजन गर्न आउनेको संख्या घट्दै गएको सोहीघरका सरोकारवाला पञ्चनाायण महर्जनलाई जानकारी गराएका छन्।

उनका अनुसार पहिले पहिले वर्षमा १२ वटा बोका श्राद्धको चुह्लोमा पाक्थे। अहिले यी बोका कसले खान्छ थाहा छैन। श्राद्धकर्ता पशुपति गुठी गोश्वारा कार्यालयले श्राद्धको बोका भने गोश्वाराबाट निकासी भइरहेको जानकारी दियो।

‘गोश्वाराबाट बोका जान्छ तर भान्सामा किन पाक्दै थाहा छैन’, गोश्वाराका पर्व हेर्ने कर्मचारी चेतमान गिरीले भने। भान्सामा दालभात पनि स्वादिष्ट नपाक्ने भएकाले असाध्यै भोकाएकाहरू मात्र श्राद्धस्थलमा पस्छन्। याे खबर अाजकाे गोरखापत्र दैनिकमा छ।

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ७ : ३७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको