२०८३, २७ श्रावण बिहीबार

यस्तो पनि नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस

यस्तो पनि नियमः पासपोर्ट बनाउन कपालमा जुत्ताको पालिस


कामठाडौं , पुस ६ :पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? कपाल रंगीन नबनाउनुहोला । नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला । म्हेन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन् । एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् ।फोटो खिच्ने लाइनमा बस्दा एक कर्मचारीले उनको खैरो कपाल हेर्दै भने, ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन ।’

अमेरिकाबाट फर्केकी पाठकलाई त्यहीको कर्मचारीले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाए । आक्रोश भावमा उनले भनिन्, ‘यस्तो नियम कतै छैन, कति तनाव दिएका ?’यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

रामेछापकी सुनिता लामाले पनि त्यस्तै समस्या झेलिन् । उनको कपाल खैरो थियो । निधारमुनिसम्म काटेको खैरो कपालमा पुगेकी लामा उसरी नै प्रहरी क्यान्टिन पुगिन् । भन्दै थिइन्, ‘कस्तो दिक्क लाग्यो, यो नियम । थाहा पाएको भए पहिले नै कालो बनाउने थिएँ ।’

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ७ : १६ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष