२०८२, ३ माघ शनिबार

पुस १० गते सार्वजनिक बिदाको माग

पुस १० गते सार्वजनिक बिदाको माग


काठमाडौँ, ५ पुस : राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन सरकारले बिदा दिनुपर्ने बताउनुभयो ।

दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ ।

महासङ्घले गत महीना सम्पन्न गरिएको एशिया प्यासिफिक समिटले आफ्नो समुदायको भावनामा गम्भीर चोट पु¥याएकाले सरकारले त्यसको समीक्षा गर्नुपर्ने जनाएको छ । बाइबलको मर्मविपरीत गठन भएको उक्त संस्थाले मुलुकमा अस्तित्वमा रहेका सबै धर्मावलम्बीसँग सद्भाव साटेर बसेका नेपाली क्रिश्चियन समुदायलाई बदनाम गरेको अध्यक्ष गहतराजले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ७ : ५० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको