२०८३, १८ आश्विन सोमबार

शिक्षक आयोगमा पुनःयोगको भीड

शिक्षक आयोगमा पुनःयोगको भीड


काठमाडौँ, ४ पुस : शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उहाँले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।

सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताउनुभयो । आयोगले पुनःयोगबारे विज्ञ बोलाइ पुनःयोग गर्नेछ । करीब ४० प्रतिशत शिक्षक अनुत्तीर्ण भएका छन् । उहाँका अनुसार दैनिक सय जनाको दरले तीनै तहमा पुनःयोगका लागि निवेदन दिएका छन् । पुनःयोग दिएकामध्ये अहिलेसम्म ५० निवेदनमध्ये एक जनाको मात्र परिवर्तन भएको उहाँले बताउनुभयो । यस वर्ष खुलातर्फ १२ हजार ७३७ र आन्तरिकतर्फ १२ हजार ५७३ पदका लागि विज्ञापन गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ९ : ०३ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा