२०८३, १ असार मंगलबार

मण्डनदेउपुरमा अस्थायी प्रहरी पोष्ट स्थापना, स्थानीयमा शान्ति सुरक्षा र अमनचयन

मण्डनदेउपुरमा अस्थायी प्रहरी पोष्ट स्थापना, स्थानीयमा शान्ति सुरक्षा र अमनचयन


बनेपा ३ पौष : काभ्रेको मण्डनदेउपुर नगरपालिकाको अगुवाईमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । नगरकोटदेखि साविकको वालुवापाटी देउपुरको अट्टेडाँडाको समग्र सुरक्षालाई मध्यनजर गर्दै अस्थायी प्रहरीचौकी स्थापना गरिएको हो ।

मण्डन देउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईवाले जनताको शान्ति सुरक्षा र समस्याका विषयमा प्रहरी प्रशासन आवश्यक भएकाले मण्डनदेउपुर नगरपालिकाको वडा नं। २ मा अस्थायी प्रहरीचौकी स्थापना गरिएको बताए । प्रहरीचौकीलाई आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाईकल, खाना पकाउनका लागि आवश्यक भाँडाकुँडाको व्यवस्थापन नगरपालिकाले गरिदिएको छ । प्रहरीचौकीलाई आवश्यक भवन समेत नगरले नै उपलब्ध गराएको नगर प्रमुख वाईबाले बताएका छन् ।

प्रहरी चौकी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख टोकबहादुर वाईवाले आवश्यकताको आधारमा प्रहरीचौकी स्थापना गरिएको बताए । नाल्दुमका जनतालाई सानोभन्दा सानो काम पर्दा नाला प्रहरीचौकी वा हिगुवाटीपाटी जानुपर्ने बाँध्यताको अन्त्य हुनुका साथै नगरकोटमा हुनसक्ने आपराधिक कृयाकलाप रोक्न प्रहरी चौकी सहयोगी हुने विश्वास नगरप्रमुख वाईवाले व्यक्त गरेका छन् ।

प्रहरीचौकी स्थापना हुने भएपछि आफूलाई धेरैले राम्रो काम गरेको भनेर प्रशंसा गरे भने केहीेले फोन गरेर किन प्रहरी चौकी चाहियो भनी प्रश्न समेत गरे, नगर प्रमुख वाईवाले भने, ‘नगरका आवश्यक देखिएका अरु ठाँउहरुमा समेत प्रहरीचौकी स्थापना गरिनेछ ।’ नगरको शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैको सहयोग आवश्यक हुन्छ । त्यसैले सबै नगरबासीहरुलाई उनले आवश्यक सहयोगका लागि आग्रह समेत गरेका छन् ।

अस्थायी प्रहरी पोष्ट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी काभे्रका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रहरी जनताको सेवक भएको बताउँदै जनताका हरेक सुख दुःखमा प्रहरीले निरन्तर सेवा दिने बताए । उनले यहाँको शान्ति सुरक्षालाई मध्यनजर राखेर आवश्यकताका आधारमा प्रहरीचौकी स्थापना गरेको बताउँदै आगामी दिनमा स्थायी चौकी बनाउन आवश्यक पहलकदमी गर्ने बताएका छन् ।

काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले चीनसँग सिधै नाका पर्ने र विभिन्न देशबाट आउने पर्यटकहरुको सुरक्षाको लागि र चोरी निकासी नहोस् भन्ने उदेश्यले प्रहरी चौकी स्थापना गरेको बताए ।

नगरका सल्लाहकार गोकुल गौतमले नगरकोट हुँदै सिपाघाटबाट अवैध गतिविधी हुने भएकाले त्यो कार्य रोक्न प्रहरी चौकी फलदायी हुने बताए । कार्यक्रममा बोल्दै वडा नं ६ का अध्यक्ष एंव मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यले सबैको सहयोगबाट नगर अघि बढेको बताए ।

वडा नं २ का अध्यक्ष केशव तिमल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन वडा नं २ का अध्यक्ष लक्ष्मण बस्ताकोटीले गरेका थिए । मण्डन देउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले संचालन गरेको कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष ईन्द्रबहादुर तामाङ, नेकपाका नेता उद्धव ढकाल, नेपाली कांग्रेसका बुद्धिबहादुर तामाङ, नेमकिपाका कृष्णबहादुर तामाङ, राप्रपाका तिलकबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  १० : ३८ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई