२०८३, १८ आश्विन सोमबार

एक मजदुर आफ्नै कोठामा मृत भेटिए

एक मजदुर आफ्नै कोठामा मृत भेटिए


काठमाडौँ, ३ पुस: काठमाडौँ महानगरपालिका–१९ जनसेवास्थित दमाईंटोलका एक मजदुर आज आफ्नै कोठामा मृत भेटिएका छन् । रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका–८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय अनिल थारु आफ्नै कोठामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । मृत्युको कारण नखुलेको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँको सुन्धाराबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध डाइजेपाम ५०० एम्पुल, बुप्रेनोर्फिन ५०० एम्पुल र फेनारगन ५०० एम्पुलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडाँै महानगरपालिका ३१ पुतलीसडक बस्ने २४ वर्षीया मेरीना तिवारी, वडा नं २१ जैसीदेवलका २७ वर्षीया सारिका श्रेष्ठ र भारत पूर्वीचपारण मोतिहारीका २१ वर्षीय विकासकुमार कुशवाह रहेका छन् । सोमबार साँझ पक्राउ परेका तीनै जनाको विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ६ : ३५ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा