२०८३, २७ श्रावण बिहीबार

मृतक पत्रकार जीवन पराजुलीको परिवारलाई क्षतिपूर्ति

मृतक पत्रकार जीवन पराजुलीको परिवारलाई क्षतिपूर्ति


काभ्रेपलाञ्चोक ३ पुस मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ ।

मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । जीप चालकले दिएको क्षतिपूर्तिबापतको रकमले दुर्घटनास्थलमा पत्रकार पराजुलीको स्मारक बनाइने उहाँको परिवारले जनाएको छ । पच्चीस वर्षीय पराजुली धुलिखेलस्थित रेडियो गौरवका स्टेशन म्यानेजर एवं एभीन्यूज टेलिभिजनका जिल्ला संवाददाता हुनुहुन्थ्यो ।

बा ३ च २८७ नं को ल्याण्ड क्रुजर दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारी, टेड युनियन काङ्गे्रसका प्रदेश नं ३ का संयोजक विनोद कार्कीसमेतको मृत्यु भएको थियो । जीप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि मङ्सिर पहिलो साता कारागार चलान गरिएको छ । गम्भीर घाइते पूर्व प्रहरी नायब उपरीक्षक विनोद गौतमको हाल काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  १० : ५१ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष