२०८३, ७ कार्तिक शनिबार

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

इपिएलको तेस्रो संस्करण शनिबारदेखि


काठमाडौँ, २१ मङ्सिर : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । शनिबार पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्सबीच हुनेछ । विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ । पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिताको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्स लिडर्स’ छन् । यसपटक प्रतियोगितामा आठ देशका १९ विदेशी खेलाडी खेल्दैछन् ।

राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा प्रत्येक दिन दुई÷दुई खेल हुनेछन् । मङ्सिर २३ गते ललितपुर प्याट्रियर्स र चितवन टाइगर्स तथा दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच तथा मङ्सिर २४ गते चितवन र काठमाडौँ तथा पोखरा र ललितपुरबीच खेल हुनेछ । मङ्सिर २५ गते विराटनगर र पोखरा तथा चितवन र भैरहवाबीच खेल हुने आयोजकले जनाएको छ ।

यस्तै मङ्सिर २६ गते भैरहवा र विराटनगर तथा काठमाडौँ र ललितपुरबीच, मङ्सिर २८ गते विराटनगर र चितवन तथा पोखरा र काठमाडौँबीच खेल हुनेछ । मङ्सिर २९ गते भैरहवा र काठमाडौँ तथा चितवन र पोखराबीच, पुस १ गते ललितपुर र भैरहवाबीच तथा पुस २ गते भैरहवा र काठमाडौँबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगितालाई आइसिसीले मान्यता दिइसकेको छ । दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० शुल्क लाग्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : ५७ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट