२०८३, १८ आश्विन सोमबार

जहाँ अशुद्ध हुने भन्दै डोमहरुलाई स्टिल र सिसाका गिलासमा खान नै दिँदैनन् !

जहाँ अशुद्ध हुने भन्दै डोमहरुलाई स्टिल र सिसाका गिलासमा खान नै दिँदैनन् !


वीरगन्ज, मंसिर १ ६: ‘समाजले अछूत भन्दै घृणा गर्दा गाँउमा बस्नै मन लाग्दैन’, छठ मनाउन घर आएका डोमबस्तीका २८ वर्षीय वृजेश राउत डोमले भने, ‘त्यही भएर १० वर्षदेखि नवलपरासीको चाउचाउ फ्याक्ट्रीमा काम गर्न गएको हुँ । चाडबाडमा मात्र घर आउँछु ।’ ‘घर आएका बेला पनि परिवार र आफन्तमाथि अछूतको व्यवहार भइरहेको देख्दा मन भत्भती पोल्छ’, उनले भने, ‘त्यही भएर कहिलेकाहीँ त चाडपर्वमा पनि घर नआऊँ जस्तो लाग्छ ।’

पर्सा जगरनाथपुर गाउँपालिका–२ जानकी टोला छेउमै डोम (दलित) बस्ती छ । वृजेशको घर पनि यहीँ छ । बस्तीमा १५ घर डोम छन् । जानकी टोलको यो वस्ती छेवैमा सानो बजार छ । बजारमा आधा दर्जन खाजा नास्ताका होटेल छन् । ती होटेलमा चिया नास्ता खान जाँदा डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् ।

होटेलवालाले डोमले छोए अशुद्ध हुने भन्दै उनीहरूलाई स्टिल वा सिसाका गिलासमा खान दिँदैनन् । डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् । गिलास र प्लेट नलग्नेलाई होटलवालाले प्लास्टिकको ग्लासमा चिया र कागजमा खाजा पोको पारेर दिन्छन् ।

डोमबस्तीमा भेटिएका वृजेशले मनको बह पोख्दै थपे, ‘छठमा हामीले बनाएकै बाँसका डाला र टोकरीमा पूजा सामग्री राखेरै सबैले पूजापाठ गर्छन् । त्यसबेला हामीले बनाएका ती डाला र टोकरी पाक् (पवित्र) हुन्छन् । तर, होटलमा खान जाँदा हाम्रो जिउ उनीहरूलाई नापाक् (अपवित्र) हुन्छ । जिउ छोइन्छ भनेर पर पर बस्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ७ : ०४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय