२०८१, २२ माघ मंगलबार

जहाँ अशुद्ध हुने भन्दै डोमहरुलाई स्टिल र सिसाका गिलासमा खान नै दिँदैनन् !

जहाँ अशुद्ध हुने भन्दै डोमहरुलाई स्टिल र सिसाका गिलासमा खान नै दिँदैनन् !


वीरगन्ज, मंसिर १ ६: ‘समाजले अछूत भन्दै घृणा गर्दा गाँउमा बस्नै मन लाग्दैन’, छठ मनाउन घर आएका डोमबस्तीका २८ वर्षीय वृजेश राउत डोमले भने, ‘त्यही भएर १० वर्षदेखि नवलपरासीको चाउचाउ फ्याक्ट्रीमा काम गर्न गएको हुँ । चाडबाडमा मात्र घर आउँछु ।’ ‘घर आएका बेला पनि परिवार र आफन्तमाथि अछूतको व्यवहार भइरहेको देख्दा मन भत्भती पोल्छ’, उनले भने, ‘त्यही भएर कहिलेकाहीँ त चाडपर्वमा पनि घर नआऊँ जस्तो लाग्छ ।’

पर्सा जगरनाथपुर गाउँपालिका–२ जानकी टोला छेउमै डोम (दलित) बस्ती छ । वृजेशको घर पनि यहीँ छ । बस्तीमा १५ घर डोम छन् । जानकी टोलको यो वस्ती छेवैमा सानो बजार छ । बजारमा आधा दर्जन खाजा नास्ताका होटेल छन् । ती होटेलमा चिया नास्ता खान जाँदा डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् ।

होटेलवालाले डोमले छोए अशुद्ध हुने भन्दै उनीहरूलाई स्टिल वा सिसाका गिलासमा खान दिँदैनन् । डोमहरू घरबाटै गिलास र प्लेट लिएर जान्छन् । गिलास र प्लेट नलग्नेलाई होटलवालाले प्लास्टिकको ग्लासमा चिया र कागजमा खाजा पोको पारेर दिन्छन् ।

डोमबस्तीमा भेटिएका वृजेशले मनको बह पोख्दै थपे, ‘छठमा हामीले बनाएकै बाँसका डाला र टोकरीमा पूजा सामग्री राखेरै सबैले पूजापाठ गर्छन् । त्यसबेला हामीले बनाएका ती डाला र टोकरी पाक् (पवित्र) हुन्छन् । तर, होटलमा खान जाँदा हाम्रो जिउ उनीहरूलाई नापाक् (अपवित्र) हुन्छ । जिउ छोइन्छ भनेर पर पर बस्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ७ : ०४ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव