२०८२, १० फाल्गुन आईतबार

चिसो सुरु भएसँगै दादको समस्याबाट हैरान हुनुहुन्छ ? छुटकारा पाउने यस्ता छन् अचुक उपाय

चिसो सुरु भएसँगै दादको समस्याबाट हैरान हुनुहुन्छ ? छुटकारा पाउने यस्ता छन् अचुक उपाय


दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ। सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ। यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ। तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ।

दादबाट सङ्क्रमित व्यक्तिले ख्याल गर्नुपर्ने कुराहरू :
१. आफ्नो छालालाई सँधै सफा र सुक्खा राख्नुपर्दछ। धेरैदिनसम्म एउटै मोजा, अन्डरवेयर, गञ्जी लगाइराख्नुहुँदैन।

२. कसिलो लुगा लगाउनुहुँदैन। दाद आएको भागमा हावा छिर्ने गरी लुगा लगाउनुपर्दछ।

३. नुहाइसकेपछि पुरै शरीरलाई राम्रोसँग पुछ्नुपर्दछ। काखी, गुप्ताङ्ग, औँलाका काँपा, कान र घाँटीमा भएको पानीलाई पनि राम्रोसँग पुछ्नुपर्दछ। सफा कपडाले पुछ्ने बित्तीकै कहिल्यै पनि कपडा लगाइहाल्नुहुँदैन। पहिला हावाले सुक्न दिनुपर्छ अनि बल्ल सफा, खुकुलो लुगा लगाउनुपर्दछ।

४. अरू कसैसँग आफ्नो व्यक्तिगत लत्ताकपडा, तौलिया, जुत्ता वा रुमाल सेयर गर्नुहुँदैन। लुगा धुँदा तातो पानी र एण्टिफङ्गस साबुनको प्रयोग गर्नुपर्दछ।

५. यदि घरमा कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावर छ र त्यसको शरीरबाट सामान्यभन्दा धेरै कपालका रौँहरू झरेको छ भने तयसलाई तुरुन्तै पशुडाक्टरकहाँ जाँच गर्न लगिहाल्नुपर्दछ।

यस्ता छन् चिसोमा दादको समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु
१. लसुन
लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छालाको सङ्क्रमणको लागि अचुक ओखति हो । लसुन दाद आएको छालामा दैनिक २ पटक लगाउनाले

२. काँचो बेसार
काँचो बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

३. भिनेगर र नुन
भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस्। ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।

४. सयपत्रीको फुल
सयपत्रीको फुल दिनहु दाद आएको ठाँउमा तिन पटक दल्नाले केवल सात दिनमा नै दाद गायब हुन्छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ८ : ३० बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको