२०८३, ९ श्रावण आईतबार

प्रतिनिधिसभा उदयपुर २ का उम्मेदवार कार्कीलाई लक्षित गरी एम्बुस विस्फोटन, कार्कीसहित ४ को अवस्था गम्भीर, त्रिविमा उपचार हुँदै

प्रतिनिधिसभा उदयपुर २ का उम्मेदवार कार्कीलाई लक्षित गरी एम्बुस विस्फोटन, कार्कीसहित ४ को अवस्था गम्भीर, त्रिविमा उपचार हुँदै


काठमाडौं । उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गर्दा सोही वडाको दनुवारबेसीमा थापिएको विद्युतीय धराप (एम्बुस) विस्फोटनमा परी प्रतिनिधिसभा उदयपुर २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित ४ जना गम्भीर र दुई सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरद्वारा त्रिवी शिक्षण अस्पताल काठमाडौं ल्यार्इ उपचार थालिएको छ । उम्मेदवार कार्की २०७० सालको संविधानसभा निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद हुन्।

कार्की सहित कांग्रेस कार्यकर्ता, धनमाया सार्की र गाडी ड्राइभर राजन कार्की प्रहरी जवान कालिदास श्रेष्ठ गम्भीर घाइते भएका छन्। त्यस्तै विद्युतीय धरापमा परेका पत्रकार नवराज पौडेल र कांग्रेस कार्यकर्ता मीरा कटुवालको पनि उपचार भइरहेको जनाईको छ । उम्मेदवार कार्की र ड्र‍ाइभर राजन कार्कीको अवस्था गम्भीर रहेको छ।

कटारी नगरपालिका ७ रिस्कुका कार्की र गम्भीर घाइते भएकी उदयश्री बहुमुखी क्याम्पस कटारी नेविसंघकी सभापति कटारी ३ की २३ वर्षीया मिरा कटुवाल रहेकी छिन् । कार्की र कटुवाललाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विस्फोटमा परी घाइते उदयपुरगढी गाउँपालिका ८ की धनमाया धौलाकोटी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की, प्रहरी जवान कालिदास श्रेष्ठको नेपालटारस्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी मेघराज अधिकारीले जानकारी दिएका छन् ।

उम्मेदवार कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस विस्फोटन हुँदा बा १ च ७८०६ नम्बरको बोलेरो पल्टिएको थियो।
प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठकाअनुसार कार्कीको एउटा हात चलेको छैन् भने आँखामा गम्भीर असर परेको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको स्थानीयबासीले बताएका छन् । गम्भीर घाइते कटुवालको एउटा खुट्टाको कुर्कुचा मुनीको भाग नभएको जनाइएको छ।

घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा पर्दछ। मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र नं. १ का उमेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोटन भएको थियो।

प्रकाशित मिति : २०७४, १३ मंसिर बुधबार  ६ : ४७ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक