२०८३, १७ आश्विन आईतबार

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध


काठमाडौँ, ४ मङ्सिर : नेपालका एकजना वरिष्ठ कूटनीतिक व्यक्तित्वले जापानी उद्यमी–व्यवसायी तथा लगानीकर्तालाई आफ्नो देशमा पूँजी परिचालन गर्न अनुरोध गरेका छन् । टोकियोस्थित नेपाली दूतावास, जापान बाह्य व्यापार सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठनले आज संयुक्तरुपमा जापानको राजधानी टोकियोमा आयोजना गरेको ‘नेपाल लगानी’ कार्यशालामा जापानी व्यापारीलाई नेपाल आउन अनुरोध गरेका हुन् ।

आफ्ना जापानी समकक्षीको निमन्त्रणामा जापान भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यशालामा नेपालको पछिल्लो राजनीतिक विकास तथा नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे प्रष्ट पार्दै उहाँले कृषिको आधुनिकीकरण, जलविद्युत् उत्पादन, भौतिक पूर्वाधार निर्माण, सूचना तथा सञ्चार प्रविधि, पर्यटन तथा सेवा क्षेत्रमा लगानी गर्न जापानीहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले जापानका पर्यटन व्यवसायीलाई नेपालका पर्यटन क्षेत्र र पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्न तथा जापानी नागरिकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न पनि आग्रह गर्नुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले जारी गरेका लगानीमैत्री नीति, ऐनकानून तथा लगानी प्रक्रियासम्बन्धी विस्तृत जानकारी दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ५४ बजे

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले

कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच

कांग्रेस बदल्ने गगनको खाका : गुट, गठबन्धन र शासनशैलीमाथि प्रहार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत

तस्वीरमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन : खुलामञ्चमा देखिएका दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे आज उद्घाटन भएको छ । आइतबार