२०८२, २० फाल्गुन बिहीबार

दृश्यावलोकनका लागि हिमाली उडान हुने

दृश्यावलोकनका लागि हिमाली उडान हुने


विराटनगर, ४ मङ्सिर: विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ लम्ब्याउने उद्देश्यले उक्त दृश्यावलोकन सेवा सञ्चालन गर्न लागिएको जनाइएको छ । होलिडेजका अध्यक्ष भविष श्रेष्ठका अनुसार यति एयरलाइन्सको विमान भाडामा लिई प्रत्येक शनिबार बिहान हुने हिमाली उडानमा पर्यटकले कञ्चनजङ्घा, मकालु, सगरमाथा, ल्होत्से र गौरीशङ्कर हिमालको नजीकबाट अवलोकन गर्न सक्नेछन् ।

यहाँका सात ट्राभल्स एजेन्सीले संयुक्त रुपमा सञ्चालन गर्ने उक्त उडान ५५ मिनेटको हुनाका साथै नेपाली तथा सार्क मुलुकका पर्यटकले रु नौ हजार ९०० भुक्तानी गर्नुपर्नेछ । प्रदेश नं १ मा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटकलाई विशेष प्याकेजको सुविधासहित आगामी दिनमा कार्यक्रम ल्याइने उहाँले बताउनुभयो । भारतका विभिन्न प्रदेशमा करोडाँै जनताको बसोबास रहेकाले यस क्षेत्रका पर्यटकीय क्षेत्रलाई व्राण्डिङका रुपमा बिक्री गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश नं १ को सरकार, सङ्घीय सांसद, प्रदेश सदस्य, स्थानीय सरकार, उद्योगी, व्यापारी र सङ्घसंस्थाहरुलाई उक्त हिमाली उडान सेवा दिगो बनाउन सहयोगका लागिसमेत आग्रह गरिएको छ । सो प्रदेशमा हाल १४ वटा विमानस्थल रहेकामा विराटनगरबाट–तुम्लिङटारमा हवाई सेवा सञ्चालन भइरहेको छ । नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाए विराटनगरबाट फाप्लु दैनिक पाँच वटा उडान सञ्चालन गर्न सकिने बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : २९ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको