२०८२, २० फाल्गुन बिहीबार

विभिन्न देशका भिक्षु लुम्बिनीमा

विभिन्न देशका भिक्षु लुम्बिनीमा


रुपन्देही, ३ मङ्सिर : बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबारदेखि शुरु हुने भद्रचार्य उत्सवमा सहभागी हुन विभिन्न देशका भिक्षु तथा लामा आज लुम्बिनीमा भेला भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको भद्रचार्य उत्सवमा सहभागी हुन नेपाल, भारतलगायत देशका भिक्षु, भिक्षुणी तथा लामाहरू लुम्बिनी आएका हुन् ।

हिमाली बौद्ध समुदायको शाक्यपा सम्प्रदायले गर्ने मोन्लाम (विश्व शान्ति) पूजालाई सबैभन्दा ठूलो पूजा मानिन्छ तर मोन्लम पूजा गत वर्ष लुम्बिनीमा आयोजना हुन नसकेपछि त्यस्तै प्रकारको विश्वशान्ति पूजा यसपालि भद्रचार्य मोन्लम फाउण्डेशन नेपालले आयोजना गरेको फाउण्डेशनका सदस्य निमा लामाले जानकारी दिनुभयो ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति हुनेछ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुने फाउण्डेशनले जनाएको छ । सत्व प्राणीहरूको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : ३२ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको