२०८३, १५ असार मंगलबार

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर , रुकुममा मतदान स्थगित

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर , रुकुममा मतदान स्थगित


काठमाडौं / सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ आक्रमण गरेपछि झडप भएको थियो । झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले स्थिति सामान्य भइसकेको छ ।

यसैगरी रुकुम जिल्लाको बाँफिकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ ।  विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५० मत खसिसकेको अवस्थामा विप्लवका कार्यकर्ताले दुईवटा मतपत्र जलाइएपछि त्यहाँ मतदान पनि स्थगित भएको छ ।
त्यहाँ प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका पूर्ण रूपमा जलेको छ । घटनामा संलग्न विप्लवकका तीनजना पक्राउ परेका रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताए । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २०७४, १० मंसिर आईतबार  ३ : २९ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण