२०८३, २१ असार सोमबार

तपाइले कस्तो सपना देख्नुहुन्छ ? सपनामा यी २५ चिज देख्नुभयो भने हुनेछ अशुभ

तपाइले कस्तो सपना देख्नुहुन्छ ? सपनामा यी २५ चिज देख्नुभयो भने हुनेछ अशुभ


सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेलामा देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् । आज हामीले हिन्दू धर्मशास्त्र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।
यी २५ चिज सपनामा देख्नु अशुभ मानिन्छस्
 सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।
 माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
 बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
 सपनामा स्याल देखिनु मृत्यु र दुस्खको कारक हो ।
 रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
 सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
 सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।
 दुब्लो गाई वा गोरु देखेमा दुस्ख कष्ट हुन्छ ।
 सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।
 कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । साथै कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।
 सपनामा बन्द ढोका देखेमा हैरानी वा दुस्ख खेप्नुपर्छ । डोरी देखेमा यात्रामा हैरानी वा झन्झट हुन्छ ।
 दाँत झरेको वा भाँच्चिएको देखेमा दुस्ख र झन्झट आईपर्छ ।
 घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
 भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दुस्ख हुन्छ ।
 मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।
 रत्न वा मणि देखेमा दुस्ख बढ्छ, अपव्यय हुन्छ ।
 सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
 सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
 हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।
 मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।
 सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।
 विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।
 सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ ।
 आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।
 सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ९ : २३ बजे

‘संविधानसँग खेल्न खोजे प्रतिरोध हुन्छ’ : कांग्रेसको सरकारलाई कडा चेतावनी

काठमाडौं । संविधान संशोधनको बहानामा राज्यको आधारभूत संरचनामै हस्तक्षेप गर्न

कांग्रेसभित्र विद्रोही स्वर चर्कियो : चुनदेवीबाट संस्थापनलाई खुला चुनौती

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि अब खुला राजनीतिक चुनौतीमा

सय दिनमै सरकारमाथि एमालेको प्रहार : ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको आरोप

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको सय

प्रेस स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला सञ्चारमन्त्रीको आश्वासन-‘चिन्तित नहुनुस्’

काठमाडौं । प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास भएको भन्दै पत्रकार समुदायबाट

बजेटमा बैतडी ‘हिट’, अन्य जिल्ला ‘कट’ ? आफ्नै मन्त्रालयको बजेटप्रति मन्त्री नै असन्तुष्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा