२०८३, २२ जेष्ठ शनिबार

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का


काठमाडौं, कात्तिक ३०: नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो। आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्।

दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो। उनलाई दिल्लीले सुरक्षित गरेको मूल्य भने खुलाएको छैन। ‘दिल्लीले सन्दीपलाई सुरक्षित गरेको जानकारी गराएको हो’, सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले भने। सन्दीप आईपीएलको लगातार दुई सिजन खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्। उनलाई गत सिजन दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो। आईपीएल खेलेयता सन्दीप विदेशी लिग खेल्न व्यस्त छन्।

दिल्लीले सन्दीपसँगै नयाँ सिजनका लागि श्रेयस ऐयर, पृथ्वी शाह, ऋषभ पन्त, मन्जोत कार्ला, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल तेवाटिया, हर्सल पटेल, अमित मि श्रा, काजिसो रबाडा, टे«न्ट बोल्ट र अभेश खानलाई पनि सुरक्षित गरेको छ। यद्यपि गत सिजनका कप्तान गौतम गम्भीर, जेसन रोय, गुरकिरतमान, ग्लेन म्याक्सवेल, मोहम्मद सामी, डान क्रिस्टियन, विजय शंकर, अभिषेक शर्मा, सहबाज नदिम, सयन घोस, लियम प्लङ्केट, जुनियर दला र नमन ओझालाई भने ‘रिलिज’ गरेको छ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ४४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति