२०८२, १९ चैत्र शुक्रबार

पशुपति शम्सेरका छोरी दिब्यानीलाई स्थानीयले लखेटे

पशुपति शम्सेरका छोरी दिब्यानीलाई स्थानीयले लखेटे


धुलिखेल/सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार पशुपति शम्सेर राणाका छोरीलाई स्थानीयले लखेटेका छन् । मौन अवधी सुरु भइसकेपछि पनि भोट माग्न गाउँ पुगेकी राणाका छोरी दिब्यानी राणालाई साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ कल्लेरीका स्थानीय लखेटेका हुन् ।

शुक्रबार बिहान स्थानीय नेपाली काँग्रेसका नेता यज्ञप्रसाद दंगालको घरमा महिलाहरुलाई भेला गराएर भोट माग्दै गरेको अवस्थामा दिब्यानी भेटेपछि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच झडप समेत भएको थियो । सिन्धुपाल्चोकका प्रहरी प्रमूख एसपी मोहन प्रसाद पोख्ररेलले सामान्य झडप भएको स्वीकार गर्दै दिब्यानी अहिले काठमाण्डौ फर्किसकेको बताए । उनका अनुसार झडपमा कुनै क्षति भएको छैन् ।

आफुहरुको सभा विथोल्न आएको भन्दै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आक्रमण गर्न खोजेपनि बाम गठबन्धनका कार्यकर्ताले पनि प्रतिकार गरेका थिए । झडप भएपछि दिब्यानी सहित लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता भाकेका थिए । बाम गठबन्धनका कार्यकर्ताले आचार संिहता विपरित मौन अवधिको समयमा चुनाव प्रचारप्रसार गर्न नपाइने बताएपछि झडप भएको थियो ।

गाउँबाट लखेटिएका दिब्यानी सहित लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता मेलचौरमा रहेको सशस्त्र प्रहरीको रणमा पुगेका थिए । सशस्त्रको आडमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता महेन्द्र लामाले बाम गठबन्धन विरुद्ध चर्को स्वरमा गाली गलोच गरेपछि त्यहाँ पनि झडप भएको थियो । त्यसपछि दिब्यानीलाई सुरक्षाका लागि भन्दै सदरमुकाम चौतारा लगिएको थियो । तर दिब्यानी प्रहरीले कडा सुरक्षा दिएपछि अहिले काठमाण्डौँ फर्किएकी छिन् । उनी आफ्ना पिता पशुपति शम्सेर राणाको चुनावी अभियानका लागि सिन्धुपाल्चोक पुगेकी थिइन् ।

प्रकाशित मिति : २०७४, ८ मंसिर शुक्रबार  ६ : २३ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले