२०८३, २ भाद्र बुधबार

पत्रकार शिवभक्ति बने गफाडी कान्छो

पत्रकार शिवभक्ति बने गफाडी कान्छो


काठमाडौं / विगत ४ वर्ष देखि पत्रकारिता गर्दै आइरहेका पत्रकार श्यामहरि शिवभक्तिले हास्य टेलिफिल्ममा डेव्यु गरेका छन् । नेपालको पहिलो एच.डी च्यानल एपिवानमा प्रसारण हुने हास्य टेलिशृङ्खला ‘क्या जमाना आ’ बाट पत्रकार शिवभक्तिले अभिनयमा हात हालेका हुन् ।  विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गर्ने शिवभक्तिले उक्त शृङ्खलामा गफाडी कान्छोको भूमिका निर्वाह गरेका छन् । उनले आफ्नो चरित्रबारे खुलाउदै भने, ‘गफाडी कान्छो नेपाली समाजको युवा वर्गको प्रतिनिधित्व पात्र हो । जसले काम कम गफ ज्यादा दिन्छ । नेता देखि कलाकार सम्मको आवाज निकालेर व्यङ्ग्य हान्छ ।’

मंगलबार काठमाडौंको साँखु भन्दा ४ किलोमिटर टाढा रहेको पालुबारीमा शिवभक्तिलाई एक्सन कट गरिरहेका थिए ‘क्या जमाना आ’ का निर्देशक सिपी पुडासैनी । पुडासैनी यस शृङ्खलाको लेखक समेत हुन् । उनी दर्शकमाझ ‘धतुरे’ नामले परिचित छन् । ग्रामिण भेगमा सुट गरिएको यो टेलिफिल्ममा सिपी पुडासैनी, सम्झना आचार्य, केशव सापकोटा, गणेश बहादुर ए.सी, गोविन्द खतिवडा, श्यामहरि शिवभक्ति लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

मंसिर ६ गते बुधबार राति ९ बजे शृङ्खलाको पहिलो भाग एपिवानमा प्रसारण हुँदैछ । यस अघि यो टेलिफिल्म नेपाल टलिभिजनबाट प्रसारणमा आउने गर्दथ्यो । २२ वर्षिय पत्रकार शिवभक्ति फिल्मीकुरा डटकम र रेडियो मस्तीमा कार्यरत छन् ।

प्रकाशित मिति : २०७४, ६ मंसिर बुधबार  ५ : १० बजे

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश

होर्मुजमा ट्रम्पको दाबी, इरानको कडा जवाफ

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण