२०८३, २४ श्रावण सोमबार

चरेससहित तीनजना पक्राउ

चरेससहित तीनजना पक्राउ


मुसिकोट, २० कात्तिक : लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही र सिद्धकुमाख गाउँपालिका सल्यानका ६० वर्षीय हिक्मत बुढाथोकी रहेका छन् ।

लागुऔषध चरेस ओसार–पसार भइरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक सुमित खड्काले बताउनुभयो ।

उनीहरुको साथबाट १० किलो १०० ग्राम कालो चरेस, दुई थान तराजु, १७ वटा नापतौल गर्ने पुरानो सिक्का, एक थान ढक, तीन थान मोबाइल, एक वटा स्प्रिङ तराजु र ४३ हजार ४४५ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ०९ बजे

रसुवामा सेनाको गणमै विष्फोट : म्याद सकिएको विष्फोटक डिस्पोज गर्ने क्रममा ५ जना घाइते

काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

उठ्नेछ फेरि एमाले !

इतिहास कहिल्यै सत्ताको कुर्सीबाट लेखिँदैन । इतिहास संघर्षबाट लेखिन्छ ।

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा