२०८३, ७ आश्विन बिहीबार

दैनिक दुध र पानीमा बेसार मिसाएर पिउदा हुने फाइदाहरु हेर्नुहोस्

दैनिक दुध र पानीमा बेसार मिसाएर पिउदा हुने फाइदाहरु हेर्नुहोस्


आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ ।

बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो। बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन्।

त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि दुधमा बेसार मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई निम्न फाइदाहरु हुन्छन्ः

१ दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।
२ बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।
३ दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।
४ बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वाहानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।
५ दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ ।
६ अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ ।
७ आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।
८ दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ ।
९ छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ ।
१० दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ ।
११ महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ । सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्दछ ।
१२ चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ८ : ०७ बजे

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको अन्त्येष्टि हुँदै

काठमाडौँ । वुधबार विहान निधन भएका काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले

रनवेमा ट्रम्प, वासिङ्टनमा सी : अब बदलिँदैछ विश्वको शक्ति-समीकरण

विश्व राजनीतिमा केही दृश्य यस्ता हुन्छन्, जसले सयौँ पृष्ठका कूटनीतिक

सीलाई लिन रनवेमा पुगे ट्रम्प, अमेरिका-चीन सम्बन्धमा नयाँ कूटनीतिक संकेत

२३ सेप्टेम्बरमा विमानस्थलमै स्वागत, २४ सेप्टेम्बरमा ह्वाइट हाउसमा राजकीय समारोह

१३ राजदूतको सुनुवाइ सुरु, १० दिनभित्र उजुरी दिन आह्वान

काठमाडौं । सरकारले विभिन्न १३ मुलुकका लागि सिफारिस गरेका प्रस्तावित