२०८३, १६ आश्विन शनिबार

५० हजारमा बेचिँदै नेपाली चेली

५० हजारमा बेचिँदै नेपाली चेली


नेपालगन्ज, कात्तिक २०:  २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो ।उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो ।

उद्दार गरिएकामा झापाका १० जना छन् । कास्की, काभ्रे, सुनसरी, सप्तरी, कपिलवस्तु, दैलेख, मोरङका दुई÷दुई जना छन् । सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयपुर, रामेछाप, काठमाडौं, दाङ, इलाम, तेह्रथुमलगायकाका जिल्लाका एक÷एक जना रहेको माइती नेपालले जनाएको छ । उनीहरू कम्तीमा २१ वर्षदेखि बढीमा ४२ वर्षसम्मका छन् ।

उद्दारकर्ता माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार यी महिलालाई भारतको अवैध बाटोबाट खाडी मुलुकमा रोजगारीमा पठाउने भन्दै लगिएको थियो । पाण्डेले भने, ‘एकजना महिला पठाए वापत मुख्य दलालले खाडीका साहुबाट ४ लाख भारु पाउने रहेछन् । त्यो रकममध्ये काठमाडौंस्थित दलालको भागमा एक लाख, गाउँमा महिला सम्पर्क गराउनेदेखि दलालको सम्पर्कमा ल्याउनेलाई पाँच हजारदेखि २० हजार दिइने गरेको थियो ।’

सित्तैमा जान पाइने र मनग्गे कमाउने आशामा नेपाली महिला दलालको फन्दामा पर्ने गरेको माइती इण्डियाले जनाएको छ । यसरी लैजाने महिलालाई कुबेत, साउदीलगायतका खाडी मुलुकमा अवैध बाटोबाट पुर्‍याइने रहेछ । उद्दार गरिएकाहरूलाई दुई दिनदेखि दुई महिनासम्म नयाँ दिल्ली नजिकै गाजियाबादमा परिवारलाई सम्पर्क गर्न नदिएर राखिएको थियो ।

६ जना भन्दा बढी यसअघि गइसकेर फर्केका थिए । उद्दार गरिसकेपछि पनि उनीहरू दलालकै बचाउमा उत्रेका थिए । महिलालाई दलालले भारतीय बजारमा किनमेल गर्न जाने भन्दै बिर्तामोड, निजगढ, सुनौली, बर्दियालगायतका नाकाबाट भारत पुर्‍याएका थिए ।

मुख्य दलाल भारतीय
माइती इण्डियाका अनुसार केदार नामका भारतीयले नेपाली चेलीलाई भारती बाटो हुँदै खाडी मुलुकमा बेच्ने गरेको खुलेको छ । यो कार्यमा थप दुई भारतीय र २ जना नेपाली संलग्न गिरोह सक्रिय छ । यसअघि केदारले बेच्न लगेका मध्ये दिल्लीको महिपालबाट ५७ जना र पहाडगन्जबाट २४ जनाको उद्दार गरिएको थियो । उद्दार गरिएका २ जना महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले केदारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

गाजियावाद जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको पाण्डेले बताए । गिरोहका रहेका दुई नेपाली सदस्य फरार छन् । एक जना काठमाडौं र अर्का दुबइमा रहेकाले उनीहरूलाई पक्राउ गर्न भारतीय प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेको छ ।

कोठीबाट तीनको उद्दार
टोलीले भारतको नयाँ दिल्लीस्थित जीबीरोडको वेश्यालयमा बेचिएका तीन जना महिलाको पनि उद्दार गरेको छ । दुई जना सिन्धुपाल्चोक र एक जना नुवाकोटका छन् । उद्दार टोलीले केही दिन दिल्लीकै नारी निकेतनमा राखेर अन्य महिलासँगै नेपाल ल्याइएको थियो ।

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले १५ जना महिलालाई काठमाडौं, २१ जनालाई झापा, भैरहवा र मोरङको माइती नेपालमा पठाएर बाँकी ४ जनालाई नेपालगन्जमा राखेर काउन्सिलिङ गरिने बताए ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : १४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार