२०८३, ८ भाद्र मंगलबार

शिक्षामा कोरियाली सहयोग बढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

शिक्षामा कोरियाली सहयोग बढाउन शिक्षामन्त्री पोखरेलको आग्रह


काठमाडौँ, १६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि दक्षिण कोरियाली सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भइरहेको भन्दै उहाँले आगामी दिनमा थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा मन्त्रालय पुग्नु दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा कोरियाबाट सहयोग मिलेको बताउनुभयो ।

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त भएको र नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको उल्लेख गर्नुभयो । हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहु प्राविधिक शिक्षालय स्थापनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको उहाँले अवगत गराउनुभयो ।

संविधान र सङ्घीयताको कार्यान्वयनसँगै मुलुक समृद्धितर्फ उन्मुख भएको भन्दै उहाँले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । राजदूत पार्कले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास दिलाउनुभएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : २१ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन