२०८२, ८ पुस मंगलबार

विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी पाथीभरा, यसरी भएकाे थियाे उत्पति

विश्‍वास आस्था एवं अलौकिक शक्तिकी देवी पाथीभरा, यसरी भएकाे थियाे उत्पति


ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर । याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेकाे छैन ।

परापूर्वकालमा त्यहाका गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा अाफ्नाे भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै अाएकाे छ ।

त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ । साेहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयाैकाे संख्यामा भेडाहरूकाे बलि दिने चलन रहेकाे छ ।पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । किम्वदन्तीलार्इ नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन ।

यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ०४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ