२०८२, १९ फाल्गुन बुधबार

फर्निचर उद्योगमा आगलागी, रु डेढ करोड बराबरको क्षति

फर्निचर उद्योगमा आगलागी, रु डेढ करोड बराबरको क्षति


परासी, १३ कात्तिक: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाट बजारमा रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हुँदा रु डेढ करोड बराबरको क्षति भएको छ ।

आगलागीका कारण उद्योगमा रहेका सम्पूर्ण सामान र परिसरमा राखिएको सञ्चालक राजु पाण्डेको बा १३च ८००६ नम्बरको कारसमेत जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

बर्दघाटमै दमकल नभएका कारण समयमा आगो नियन्त्रण नहुँदा उद्योगम पूर्णरुपमा क्षति पुगेको स्थानीयवासीले बताएका छन । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ९ : २५ बजे

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको