२०८२, १० फाल्गुन आईतबार

मृत्युको कारण बन्दै मस्तिष्कघात, मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न के गर्ने ?

मृत्युको कारण बन्दै मस्तिष्कघात, मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न के गर्ने ?


काठमाडौं, कात्तिक १३ । ‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो ।मस्तिष्कघात भन्नाले दिमाग र मेरुदन्डमा अचानक रक्तसन्चालनमा अवरोध हुने प्रक्रिया अथवा नसा फुटेर रक्तश्राव भइ स्नायुको कामलाई असर पुगी शरीरको कुनै भाग/अंगमा कमजोरी देखिने अवस्थालाई जनाउँछ ।

मस्तिष्कघातले निम्त्याउने अपांगताले बिरामीलाई चाहिने स्याहार–सुसार, पारिवारिक सहयोग र पुनःस्थापनामा केन्द्रित गर्न यस वर्षको नारा तय भएको बताइन्छ ।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ नसारोग विशेषज्ञ डा. राजु पौडेल मस्तिष्कघातकाबारेमा आमजनतामा चेतना अझै नरहेको र छिटोभन्दा छिटो अस्पतालमा पुर्‍याएमा बिरामीलाई यसबाट पर्ने दूरगामी असर धेरै कम गर्नसकिने बताउँछन् ।

शारीरिक सन्तुलनमा अचानक गडबड, आँखा कमजोर, अनुहार बांगिए, हात वा गोडामा कमजोरी, बोली लरबरिनुलगायत यसका प्रारम्भिक लक्षण रहेको चिकित्सक बताउँछन् ।डा. पौडेल भन्छन्–‘यीमध्ये कुनै लक्षण देखिएमा चार घन्टाभित्र अस्पतालमा पुर्‍याउन सकिएमा मस्तिष्कघातले निम्त्याउने धेरै असरलाई न्यूनीकरण गर्न सकिन्छ ।’

पछिल्लो समयमा विभिन्न कारणले मस्तिष्कघात बढ्दोक्रममा नै रहेको बताइन्छ ।एक अध्ययनअनुसार नेपालमा मस्तिष्कघात भएकामध्ये ६० देखि ७० प्रतिशत रक्तनलीमा हुने अवरोध (रक्तश्राव)का कारण भएको पाइएको थियो । तर, विकसित देशमा रक्तश्रावबाट कमै मात्रामा मस्तिष्कघात हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक दुई सेकेन्डमा एकजना मस्तिष्कघातबाट पीडित हुने र १० सेकेन्डमा एकको मृत्यु यही कारण हुने गर्दछ ।हरेक वर्ष एक करोड ४० लाख मानिस मस्तिष्कघातबाट प्रभावित हुने गर्दछन् । विश्वमा ६० लाखको त यही कारण मृत्यु हुने गर्दछ । मृत्युको दोस्रो कारक तत्वकारुपमा यसलाई लिइन्छ । ६ मध्ये एकलाई मस्तिष्कघात हुनसक्ने अध्ययनले देखाएको छ ।

मस्तिष्कघात हुन नदिन के गर्ने ?
डा. पौडेल मस्तिष्कघातको जोखिम न्यूनीकरण गर्न रक्तचाप, मधुमेह, मोटोपन, खानपानलगायतमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।उनी भन्छन्–‘रक्तचाप नियन्त्रण, समयमै मधुमेहको पहिचान र उपचार, मोटोपना र तौल नियन्त्रण, शरीरको रगतमा भएको कोलेस्ट्रोलको मात्रा नियन्त्रण, धूमपान तथा मद्यपान सेवन नगर्ने, अनुशासित जीवनशैली र पद्धति अपनाउनुपर्छ ।’

यस्तैगरी, मस्तिष्कघातपछि हुने कमजोरी विश्वमा नै अपांगताको दोस्रो ठूलो कारणकारुपमा रहेको छ ।यो धेरैजसो मानिसमा ६० वर्षपछि देखिएपनि एक चौथाइ मानिस भने सक्रिय जीवन बिताइरहेका समयका हुने चिकित्सक बताउँछन् ।डा. पौडेलकाअनुसार चिकित्सकको परामर्शमा रगत पातलो गर्ने औषधि सेवन गरेमामात्र ४० प्रतिशतभन्दा बढी मस्तिष्कघातलाई नियन्त्रण गर्न सकिन्छ । रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ०७ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको