२०८३, २२ जेष्ठ शनिबार

वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ दिइने

वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान’ दिइने


काठमाडौँ, १२ कात्तिक: पेप्सीकोला टाउन प्लानिङस्थित करियर बिल्डिङ इन्टरनेशनल एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने भएको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई रु ११ हजार १११ र ताम्रपत्रसहितको उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।

पचपन्न वर्षदेखि निरन्तर दौडिँदै आउनुभएका मानन्धरको दौडप्रतिको लगावको उच्च सम्मान गर्दै सो सम्मान प्रदान गर्ने निर्णय गरिएको बताइएको छ । विद्यालयले यसअघि राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई ‘करियर स्रष्टा सम्मान’ दिएको थियो भने नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि सम्मान गरेको थियो । यसै महीनाको अन्त्यतिर सो सम्मान दिइने छ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ९ : ०५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति