२०८३, २ कार्तिक सोमबार

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने


काठमाडौँ, ९ कात्तिक:ओलम्पिकको एशियाली छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अधिकृत छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हिराचन थकाली छन् ।

एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ओलम्पिक छनोटको तयारीका लागि आज चीन भ्रमणमा जान लागेका महिला फुटबल टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुभकामाना दिँदै बिदाइ गर्नुभयो । नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यतैबाट नेपाली टोली कात्तिक १६ गते म्यानमा प्रस्थान गर्नेछ ।

ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको थियो ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, रुपा राना मगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : १५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा