२०८३, २९ असार मंगलबार

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

तीन मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली महिला टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने


काठमाडौँ, ९ कात्तिक:ओलम्पिकको एशियाली छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ । चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अधिकृत छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हिराचन थकाली छन् ।

एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ओलम्पिक छनोटको तयारीका लागि आज चीन भ्रमणमा जान लागेका महिला फुटबल टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुभकामाना दिँदै बिदाइ गर्नुभयो । नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यतैबाट नेपाली टोली कात्तिक १६ गते म्यानमा प्रस्थान गर्नेछ ।

ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको थियो ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, रुपा राना मगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : १५ बजे

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा