२०८३, २९ जेष्ठ शनिबार

तपाइलाई चाया परेको छ ? चिन्ता नलिनुहोस् रोकथामका लागि घरेलु उपाय अपनाउनुहोस्

तपाइलाई चाया परेको छ ? चिन्ता नलिनुहोस् रोकथामका लागि घरेलु उपाय अपनाउनुहोस्


काठमाडौं ९ कात्तिक  : अब जाडोको मौसम शुरुहुन लागेको छ । यो मौसमसंगै धेरै मौसमी रोगहरुपनि लाग्न सक्छ । जाडो मौसममा धेरैलाई कपालमा चाया पर्न सक्छ । कपालको सेतो चायाले जो कोहीलाई सताउने गरेको छ । कपालमा चाया आउनु विभिन्न समस्याले गर्दा हो । चाया आउनुको कारण, यसले निम्त्याउने समस्या र घरेलु उपायबाटै चायालाई कसरी निर्मुल गर्ने भन्ने बारे हेयर टिप्स यहाँ प्रस्तुत गरिएको छ  ।

चाया पर्ने कारणहरु
– बढ्दो व्यस्ततासँगै नियमित रुपमा कपाल नुहाउन नभ्याउँदा पनि यस्तो चायाले सताउने गरेको छ ।
– धुलो धुवाँ लगायत वातावरणीय प्रदूषणले कपाल फोहोर हुने गर्दछ । जसको कारण पनि कपालमा चाया पर्ने गर्दछ ।
– चकलेट, क्याटवरी जस्ता गुलियो चिज बढी खानाले पनि कपालमा चाया पर्ने गर्दछ ।
– धेरै समयसम्म टाउकोमा उनको टोपी तथा हेलमेट लगाउने गर्नाले पनि कपालमा चाया पर्दछ ।
– कपालमा चाया भएको मानिसले कपाल कोरेको काईयोले अरु मानिसले कपाल कोर्दा पनि चाया सर्ने र त्यसपछि चाया पर्ने गर्दछ ।
– गुणस्तर हिन वा केमिकल ९रसायन० युक्त सेम्पुले टाउको नुहाउँदा, जुन पायो त्यही साबुनले टाउको नुहाउँदा पनि कपालमा चाया पर्ने गर्दछ ।
– नुहाउने क्रममा कपालको सावुन तथा सेम्पु राम्ररी नपखालिँदा पनि कपालमा चाया पर्दछ ।

चायाले निम्त्याउने समस्या

– चायाले कपाल साह्रै चिलाउने गर्दछ ।
– कपालमा परेको चाया झरेर कपडा फोहोर हुने गर्दछ ।
– कपालमा धेरै चाया हुँदा कपालको जरा कमजोर भएर कपाल झर्ने समस्या निम्तिने गर्दछ ।
– टाउकोमा चायाकै कारण खटिरा आउने घाउ हुने जस्ता समस्या पनि बेला बेला देखिन्छ ।

चाया रोक्ने घरेलु उपाय

– यदी कपालमा सुख्खा ड्राई चाया छ भने मन तातो हर्वल तेलले कपालको वईल मसाज गर्ने । यसरी वईल मसाज गरेको एक÷दुई घन्टापछि टाउको नुहाउने । टाउको नुहाउँदा हर्वलयुक्त सेम्पु प्रयोग गर्ने । यसो गर्दा चाया निर्मुल हुँदै जान्छ ।
– यस्तो चाया रोक्न हप्तामा दुई पटक घरमै हेयर प्याक बनाएर प्रयोग गर्न सकिन्छ । यसो गर्दा पनि कपालमा चायाको समस्याबाट मुक्ति पाईन्छ ।

घरमै हेयर प्याक बनाउन निम्न सामग्रीहरुलाई एउटा ठुलो कचौरामा राख्ने
१. एक कप दही
२. दुई ओटा अण्डाको भित्री भाग
३. आधा कप मेहन्दी
४. एक ठुलो चम्चा कपुर
५. एक ठुलो चम्चा निम पाउडर
६. एक ठुलो चम्चा सिकाकाई पाउडर
७. एक ठुलो चम्चा मेथी पाउडर
८. एक ठुलो चम्चा त्रिफला पाउडर
यी सबै सामग्रीलाई मिसाएर घोल्ने अनि लेप बनाउने । यसरी तयार भएको लेपलाई कपालको जरा देखि टुप्पासँग भिजाएर लगाउने । यस्तो प्याक लगाएको एक घन्टापछि गुणस्तरीय सेम्पु लगाएर कपाल नुहाउने । हप्तामा दुई पटकका दरले यसरी घरमै हेयर प्याक बनाएर लगाउँदा कपालमा पर्ने सेतो चायाबाट मुक्ति पाउन सकिन्छ ।

– सुमित्रा रञ्जित

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ४० बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको