२०८३, १६ आश्विन शनिबार

‘रामायण’ लेखियो हनुमानघाटमा

‘रामायण’ लेखियो हनुमानघाटमा


भक्तपुर, ७ कात्तिक: विश्वका आदि महाकवि महर्षि वाल्मीकिले ‘रामायण’ लेखनको अन्त्य स्थानीय हनुमानघाटमा भएको बताइएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्र र हनुमानघाट सामाजिक सेवा समितिले आज आयोजना गरेको वाल्मीकि जन्मजयन्ती कार्यक्रममा संस्कृति तथा इतिहासविद्ले यसअघि वाल्मिकीले नवलपरासी र चितवनको त्रिवेणीमा बसेर ‘रामायण’ लेखेको भनिए पनि लेखनको अन्त्य हनुमानघाटमा आएर गरेको बताएका छन् ।

कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले हनुमानघाटस्थित वाल्मीकीश्वर महादेव क्षेत्रको अध्ययन अनुसन्धान गरी वाल्मीकिबारे यथार्थ तथ्यलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो । इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले धार्मिक–पौराणिक इतिहासलाई एकीकृत अध्ययनअनुसन्धान गर्नुपर्ने औँल्याउनुभयो । श्रेष्ठले वाल्मीकि रामभक्त हनुमानको सहयोगमा तीन हजार पाँच सय वर्ष अगाडि हनुमानघाट आउनुभएको प्रमाण रहेको जिकिर गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाल्मीकि महर्षिको ‘रामायण’ लेखेको र तपस्या गरेको स्थान हनुमानघाटको विकास र प्रवद्र्धन गर्ने जिम्मेवारी नगरपालिकाले लिने बताउनुभयो ।

कार्यक्रममा इतिहासविद् प्रा सुरेन्द्र केसीले ‘हिमवत्खण्ड’को १४५ औंँ अध्यायमा हनुमान सूर्यलाई भेट्न जाँदा सूर्यसँंग ठोकिएर चिउँडो झरेको प्रमाण रहेको जिकिर गर्नुभयो । “हनुमानघाटसँगै रहेको बाल्मीकीश्वरको ६०० वर्ष पुरानो शिलालेखले बाल्मीकि ऋषि हनुमानघाट आएको तथ्य रहेको भए पनि त्यसभन्दा अगाडिको इतिहासका बारेमा अनुसन्धान गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटा, प्रा डा ऋषिराज पोखरेल, प्रा डा विष्णुराज आत्रेय, प्रा डा शास्त्रदत्त पन्त, डा टीकाराम अधिकारी, रामबहादुर प्रजापतिलगायतले वाल्मीकिले ‘रामायण’ लेखन पूरा गरेको हनुमानघाटस्थल एवं बाल्मीकीश्वर महादेव मन्दिर स्थापना गरेको बताउनुभयो ।

विज्ञले वाल्मीकिले हनुमानघाटमा पनि ‘रामायण’ लेखेको आधार भेटिएको बताउँदै यस क्षेत्रमा बाल्मीकिले ‘रामायण’ लेख्दाको आसन र शिवलिङ्ग एवं समाधिस्थलको अध्ययन हुनुपर्नेमा जोड दिनुभयो । संस्कृति र इतिहासविद्ले तीन हजार पाँच सय वर्षभन्दाअघि वाल्मीकिले ‘रामायण’ लेखन गर्दाको तथ्य र प्रमाणको अनुसन्धान अहिलेसम्म हुन नसकेकाले राज्यले नै अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार  ७ : ०७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार