२०८२, २७ फाल्गुन बिहीबार

प्रधानमन्त्री ओली विद्युतीय बसमा सररर.. (फोटोफिचर)

प्रधानमन्त्री ओली विद्युतीय बसमा सररर.. (फोटोफिचर)


काठमाडौँ, ६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सवारी साधन प्रर्वद्धनका लागि सरकारले छुट्टै ईकाई नै गठन गर्ने बताएका छन्। मंगलबार ललितपुरको पुलचोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा विद्युतीय बस सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

विद्युतीय बसको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बस शुभारम्भ समारोहको उदघाटन गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी साधन पुर्याउने लक्ष्य सहित सरकारले काम गरिरहेको भन्दै उनले त्यसका लागि छुट्टै इकाई नै गठन गरेर संचालन गरिने जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बसको शुभारम्भ गर्दै ।

त्यसका लागि विद्युतीय यातायात साधन प्रर्वद्धनका लागि लगानी गर्ने सरकारी निकायबीच छलफल भईरहेको पनि उनले स्पष्ट पारे। प्रधानमन्त्री ओलीले हालको लागि थोरै संख्यामा विद्युतीय बस संचालन गर्ने प्रयास गरिएको भएपनि यसले दीर्घकालिन रुपमा ठुलो उदेश्य तर्फ संकेत गरेको बताए

प्रधानमन्त्री केपी शर्मा ओली साझा यातायातले काठमाडौँमा मंगलबारदेखि सञ्चालनमा ल्याएको विद्युतीय बसको शुभारम्भ गर्दै ।

आफुले अघिल्लो कार्यकालमा नेपालमा वातावरण मैत्री यातायात नीति तर्जुमा गर्नुपर्छ भनेको स्मरण गर्दै उनले विद्युतिय यातायातलाई राष्ट्रिय कार्ययोजनाको रुपमा विकास गरेर अघि लैजाने सवालमा विद्युतीयबस संञ्चालनलाई सो कार्ययोजनाको सुरुवातको रुपमा आफुले बुझेको बताए।

उनले साझाद्धारा काठमाण्डौ उपत्यकामा संञ्चालन गर्न लागिएको बिजुली बस देशव्यापी रुपमा स्वच्छ उर्जाको रुपमा सबैको ध्यान तान्न सक्षम हुने विश्वास आफुले लिएको बताए। उनले भविश्यमा विद्युतीय बसले मंहगो इन्धनबाट संञ्चालन गर्ने सवारी साधनलाई विस्थापित गर्दै लैजाने बताए।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ७ : २८ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा