२०८३, ७ कार्तिक शनिबार

धामीझाँक्रीलाई अध्ययन भ्रमण

धामीझाँक्रीलाई अध्ययन भ्रमण


बाजुरा, ६ कात्तिक : पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ ।

धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने बताइएको छ ।

सामाजिक सचेतना दिलाउन, मानसिक रूपमै सकारात्मक सोचको विकास गराउन र बाह्य संस्कृतिको विकासबारे जानकारी दिन भ्रमण गराउन लागिएको वडाका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

भ्रमण यही कात्तिक १४ गतेसम्म हुने बताइएको छ । छ वडाका दुई दुई धामीझाँक्री तथा एक एक जनप्रतिनिधिसहित कर्मचारी टोलीमा सहभागी छन् । पहिलो चरणमा ४ महिला र १८ पुरुष गरी २२ जना भ्रमणमा सहभागी छन् ।

गौमूल गाउँपालिकाले यसअघि मेमोरी किङ मानिने अर्पण शर्मालाई बोलाएर प्रशिक्षण सञ्चालन गरेको थियो । समाजमा रहेको छाउ कुप्रथा, बालविवाह, बहुविवाह, धार्मिक तथा सांस्कृतिक आस्थालाई अन्त्य गर्नु पहिलो चुनौती भएकाले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धि हासिल हुने विश्वास गाउँपालिकाले लिएको छ । टोलीको भ्रमण खर्च गाउँपालिकाले नै व्यहोर्नेछ ।

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ४ : २४ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट