२०८१, २३ माघ बुधबार

यौनशक्ति बढाउन जाइफल खानुहोस्

यौनशक्ति बढाउन जाइफल खानुहोस्


प्राचीनकालदेखि जाइफल विभिन्न रोगको उपचारमा उपयोग हुँदै आएको छ । आयुर्वेदअनुसार जाइफल वेदनानाशक, दातनाशक, कुमिनाशक हुन्छ । यसलाई स्नायु प्रणालीका लागि उपयोगी मानिन्छ । यसमा पाचक गुण प्रचुर मात्रामा भएकोले र कलेजोलाई सक्रिय गर्ने भएकोले पाचनको लागि समेत उपयोगी छ । अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकताजस्ता व्याधी हटाउन पनि यो उपयोगी मानिन्छ ।

जाइफलको चूर्ण र तेल उपयोग गर्ने गरिन्छ । चूर्णको मात्रा भने पाँच सय मिलिग्रामदेखि एक ग्राम र तेल एकदेखि तीन थोपा उपयोग गर्न सकिन्छ । अनुहारको कालोपोतो हटाउनसमेत जाइफल फाइदाकारी मानिन्छ । आयुर्वेदका ज्ञाताहरूका अनुसार जाइफल ढुंगामा घोटेर तयार गरिएको लेप अनुहारमा लगाउनाले कालोपोतो हट्छ । यसले डन्डीफोर आदिको दाग र हल्का कालोपनालाई समेत कम गर्छ । जाइफलले यौनशक्ति पनि बढाउँछ ।

कम्मरको पीडा, गठिया रोगमा जाइफलको लेप वा तेलले मालिस गर्दा आराम मिल्छ । गठियाबाहेक चोटग्रस्त मर्केको, सुन्नेको अंगमा समेत जाइफललाई तोरीको तेलमा मिलाएर मालिस गर्नाले सन्चो हुन्छ । जाइफलको मालिसले शरीरमा गर्मी आउँछ, चुस्ती र फुर्ती आउँछ र पसिनाको रूपमा विकार शरीरबाट बाहिर निस्कन्छ ।

पेट दुखेको बेला जाइफलको दुईचार थोपा तेल खानाले सन्चो हुन्छ । परम्परागत उपचार प्रणालीअनुसार दुखेको दाँतमा जाइफलको तेल चोबेको रुवा (कपास) राख्दा पीडा कम भएर जान्छ । दाँतमा कीरा लागेको भए मर्छ । जाइफलको तेलमा पीडानासक गुण हुने भएकाले यसले मालिस गर्दा अंगविशेष केही समयको लागि संज्ञाशून्य हुन्छ । त्यसैले दुखाइको अनुभूति हुन पाउँदैन ।

परम्परागत चिकित्सा प्रणालीअनुसार निद्रा नलाग्ने समस्या भए, जाइफललाई घोटेर घिउमा मिसाई परेलामा लगाउनुपर्छ अनि निद्रा लाग्छ । गाईको घिउमा जाइफल घोटेर पैताला र परेलामा लगाउँदा पनि निद्रा लाग्छ । आयुर्वेदअनुसार जाइफलको चुर्ण नपुंसकता हटाउनसमेत प्रभावकारी हुने गर्छ । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  १० : १९ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव