२०८३, ३१ श्रावण सोमबार

ठुलो दुर्घटनाबाट जोगियो हेलिकप्टर

ठुलो दुर्घटनाबाट जोगियो हेलिकप्टर


सोलुखुम्बु, ५ कात्तिक: तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

काठमाडौँबाट लुक्ला आएको अर्को हेलिकप्टरको कारणले उक्त हेलिकप्टरमा सामान्य क्षति भएको बताइएको छ । आज बिहान ११ः४५ बजेको समयमा अवतरण गरिएको हेलिकप्टर नजीकै अर्को हेलिकप्टरसमेत अवतरण गराउने क्रममा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

अवतरण गरी राखिएको उक्त हेलीको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा पछाडिको भागमा सामान्य क्षति पुगेको छ । क्षति पुगेको उक्त हेलिकप्टरलार्ई काठमाडाँैबाट प्राविधिकको टोली आई मर्मत गरेपछि पुनः काठमाडौँ लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ८ : ५६ बजे

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा

विश्वासको मत लिनुअघि नै बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।

सिन्धुलीमा ‘गोदामको राज’माथि प्रशासनको धावा, जय दासका भण्डारमा छापा

सिन्धुली । बजारमा चिनी अभाव, दैनिक उपभोग्य वस्तुको महँगी र

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका–४ स्याउरीथलीमा भएको सवारी दुर्घटनामा दुई