२०८३, १३ मंसिर आईतबार

घण्टीघरमा पत्रकारहरुको धर्ना

घण्टीघरमा पत्रकारहरुको धर्ना


काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघको आव्हानमा आजदेखि राजनीतिक दलहरूको कार्यालयमा धर्ना सुरू गरिएको छ । धर्नाको पहिलो दिन आज रास्वपाको पार्टी मुख्यालय अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरू धर्ना बसेका हुन् ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघले आन्दोलन गरिरहेको छ ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेमाथि कारबाही नगरेकोमा दबाब जारी राखिएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् ।

गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको पनि आन्दोलनको एजेण्डा रहेको छ ।

दोस्रो चरणको घोषित कार्यक्रमअनुसार आज रास्वपा कार्यालय, भोलि कांग्रेसको कार्यालय, पर्सि एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा धर्ना दिने कार्यतालिका रहेको छ ।

मंसिर २० गते माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०८३, १३ मंसिर आईतबार  १ : ३४ बजे

मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत

काठमाडौं । छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान

घण्टीघरमा पत्रकारहरुको धर्ना

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन