२०८३, १३ मंसिर आईतबार

आज मौसम मुख्यतया सफा रहने

आज मौसम मुख्यतया सफा रहने


काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा भने हुस्सु तथा तुवाँलो लागेको छ।

आज दिउँसो देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

प्रकाशित मिति : २०८३, १३ मंसिर आईतबार  ९ : २१ बजे

आज मौसम मुख्यतया सफा रहने

काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा बन्जाडे सर्वसम्मत, उपाध्यक्षमा पाण्डे विजयी

काठमाडौं । विशेष अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको

भिक्टोरियामा राजनीतिक भूकम्प: ‘किला’ भत्काउँदै उदाएको युवा नेतृत्व र परिवर्तनको जनलहर

मेलबर्न । राजनीतिमा कुनै पनि विरासत सधैंभरि अजेय रहँदैन भन्ने

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा

सहसंयोजक नेपालको निर्देशन : कमिटीमा नआउने र जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको रेकर्ड राख्नु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका कमिटीहरूलाई