२०८३, १२ मंसिर शनिबार

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा बन्जाडे सर्वसम्मत, उपाध्यक्षमा पाण्डे विजयी

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा बन्जाडे सर्वसम्मत, उपाध्यक्षमा पाण्डे विजयी


काठमाडौं । विशेष अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न निर्वाचन प्रक्रियाबाट एमालेनिकट कानुन व्यवसायी युवराज बन्जाडे अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

एसोसिएसनको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार कार्यसमितिको उपाध्यक्ष पदमा मात्र मतदान भएको थियो । उपाध्यक्षका लागि भएको निर्वाचनमा बोलाराम पाण्डेले ४९ मत प्राप्त गर्दै जित हासिल गरे भने उनकी प्रतिस्पर्धी आकृति अधिकारी १९ मतमा सीमित भइन् ।

अध्यक्ष र उपाध्यक्षबाहेक कार्यसमितिका अन्य सबै पदमा सहमतिमै नेतृत्व टुंगो लागेको छ । जसअनुसार सचिवमा बसन्त जोशी, महिला सहसचिवमा मौसम राई र कोषाध्यक्षमा विपिन कोइराला निर्विरोध चयन भएका छन् ।

यसैगरी, कार्यसमितिको महिला सदस्यमा कविता आचार्य निर्विरोध निर्वाचित भएकी छिन् । खुला सदस्यतर्फ सुजता घिमिरे, भुविन्द्रबहादुर शाह, सन्तोष कोइराला, प्रभात विक्रम कटवाल, सुजाता केसी, दिवस बस्याल र रोहित ओझा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद् सदस्य (पार्षद्) मा प्रकाश पोखरेल र आभास रेग्मी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।


प्रकाशित मिति : २०८३, १२ मंसिर शनिबार  ६ : २५ बजे

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा बन्जाडे सर्वसम्मत, उपाध्यक्षमा पाण्डे विजयी

काठमाडौं । विशेष अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको

भिक्टोरियामा राजनीतिक भूकम्प: ‘किला’ भत्काउँदै उदाएको युवा नेतृत्व र परिवर्तनको जनलहर

मेलबर्न । राजनीतिमा कुनै पनि विरासत सधैंभरि अजेय रहँदैन भन्ने

राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा

सहसंयोजक नेपालको निर्देशन : कमिटीमा नआउने र जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताको रेकर्ड राख्नु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका कमिटीहरूलाई

राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट एकताका लागि राष्ट्रिय जागरण अभियान : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय