काठमाडौं । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा उक्लिएकी छन्। यसअघि उनी सातौँ स्थानमा थिइन्।
नयाँ मर्यादाक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन्। गौतम तेस्रो स्थानमा पुगेपछि परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा झरेका छन्।
यससँगै गौतमको मर्यादाक्रम चार स्थानले सुधार भएको छ भने उनीभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल पुगेका छन्।
नयाँ सूचीमा महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा यथावत् छन्।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह १६औँ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा छन्।







प्रतिक्रिया