काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन खर्च घटाउने हो भने आगामी मंसिरमा प्रदेश र संघीय संसद्को निर्वाचन एकैपटक गर्न प्रस्ताव गरेका छन्।
बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग बुद्धनगरमा भएको समसामयिक छलफलमा अध्यक्ष ओलीले संविधान र कानुनअनुसार निर्वाचन हुनुपर्नेमा जोड दिए।
उनले वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्ने स्पष्ट पारे। पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनको भनाइ थियो।
‘निर्वाचनमा खर्च हुन्छ भनेर लोकतान्त्रिक प्रक्रिया रोक्न मिल्दैन,’ ओलीले भने, ‘खर्च जोगाउने हो भने मंसिरमा प्रदेश र संघको निर्वाचन एकैपटक गरौँ। पहिले पनि एकैपटक चुनाव भएको हो, अब पनि गर्न सकिन्छ।’
ओलीले देश कसैको हुकुम र इच्छाअनुसार नभई संविधान र कानुनअनुसार चल्नुपर्ने बताए। एउटा सरकारले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने तर अरूको हकमा फरक मापदण्ड अपनाउन नहुने उनको तर्क थियो।







प्रतिक्रिया