काठमाडौं । जटिल प्रसूति समस्याका कारण जोखिममा परेकी बाजुराकी २० वर्षीया महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ।
बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत मन्त्रालयले सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो।
दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पुर्याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको छ।
मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालित यो कार्यक्रम दुर्गम क्षेत्रका महिलाका लागि आपत्कालीन अवस्थामा जीवनरक्षाको महत्वपूर्ण माध्यम बन्दै आएको छ।







प्रतिक्रिया