२०८३, १० मंसिर बिहीबार

सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार असफल : कांग्रेस महामन्त्री पौडेल

सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार असफल : कांग्रेस महामन्त्री पौडेल


धादिङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन र बढ्दो महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्।

धादिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुकुम्बासी समस्या सरकारले नै सुरु गरेर अलपत्र छाडेको भन्दै वास्तविक सुकुम्बासीको समस्या समाधान गर्न ठोस नीति, योजना र कार्यक्रम ल्याउन नसकेको बताए।

‘सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना र नीति ल्याउन सकेको छैन,’ उनले भने, ‘प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासी बिचल्लीमा परेका छन्।’

महामन्त्री पौडेलले पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको जनजीवन कष्टकर बनेको पनि बताए। चामल, तरकारी र फलफूललगायत अत्यावश्यक वस्तुको मूल्य बढिरहँदा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप थियो।

उनले बाढीपहिरोबाट प्रभावित भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दाको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत सरकारको ध्यान पुग्न नसकेको बताए।

धादिङ सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बाढीले बगाएको अवस्थामा वैकल्पिक तथा दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

पत्रकार सम्मेलनमा उनले सुकुम्बासी व्यवस्थापन, महँगी नियन्त्रण, विपद्पछिको पुनर्निर्माण र संसदीय भूमिकालगायत विषयमा सरकारको जवाफदेहिता आवश्यक रहेको धारणा राखेका थिए।

प्रकाशित मिति : २०८३, १० मंसिर बिहीबार  ११ : ३८ बजे

तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी 

काठमाडौं । नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग

आठ देशका विज्ञ सहभागी हुने अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सौराहामा हुँदै

नवलपुर । नवलपुरको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले आठ देशका प्राज्ञ

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको सेनाद्वारा हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण जोखिममा परेकी बाजुराकी २०

कानुन बमोजिम प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक मल्लाको भनाई 

इनरुवा । बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान

कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद : आयोजनाको प्रतिष्ठा र पदकको चुनौती

सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा सुरु भएको दसौँ राष्ट्रिय