२०८३, १० मंसिर बिहीबार

अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्दै भिक्टोरिया, दैनिक १४ हिंसात्मक घटना

अस्ट्रेलियाको खुद्रा अपराधको केन्द्र बन्दै भिक्टोरिया, दैनिक १४ हिंसात्मक घटना


मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा खुद्रा व्यापार क्षेत्रमा चोरी, लुटपाट, धम्की र कर्मचारीमाथि आक्रमणका घटना तीव्र रूपमा बढेका छन्। बढ्दो असुरक्षाका कारण व्यवसायीहरूले सरकारसँग पसल तथा कर्मचारीको सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरेका छन्।

अस्ट्रेलियन रिटेल काउन्सिलका अनुसार सन् २०२६ को जुनसम्मको १२ महिनामा भिक्टोरियाका खुद्रा पसल तथा व्यापारिक क्षेत्रमा ९६ हजार ८ वटा आपराधिक घटना दर्ता भएका छन्। तीमध्ये ५ हजार १२० वटा कुटपिट तथा आक्रमणका घटना छन्। यसअनुसार खुद्रा क्षेत्रमा दैनिक औसत १४ वटा हिंसात्मक घटना हुने गरेका छन्।

अस्ट्रेलियाको प्रमुख सुपरमार्केट चेन वुलवर्थ्सले पनि आफ्ना भिक्टोरियास्थित स्टोरमा कर्मचारीमाथि हुने हिंसा र आक्रामकताका घटना बढेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२६ मा मात्रै यस्ता करिब दुई हजार घटना भएका छन्।

कम्पनीले सन् २०२० को तुलनामा कर्मचारीमाथि हुने हिंसा तथा आक्रामकताका घटना ४६० प्रतिशतले बढेको जनाएको छ।

खुद्रा व्यवसायमा बढ्दो चोरी र हिंसाले कर्मचारीको सुरक्षा मात्र नभई व्यवसाय सञ्चालनमै चुनौती थपेको छ। व्यवसायीहरूले यस्ता घटना नियन्त्रण गर्न प्रभावकारी सुरक्षा संयन्त्र, कडा निगरानी र सरकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति : २०८३, १० मंसिर बिहीबार  ११ : ३६ बजे

तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी 

काठमाडौं । नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग

आठ देशका विज्ञ सहभागी हुने अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सौराहामा हुँदै

नवलपुर । नवलपुरको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले आठ देशका प्राज्ञ

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको सेनाद्वारा हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण जोखिममा परेकी बाजुराकी २०

कानुन बमोजिम प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक मल्लाको भनाई 

इनरुवा । बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान

कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद : आयोजनाको प्रतिष्ठा र पदकको चुनौती

सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा सुरु भएको दसौँ राष्ट्रिय