२०८३, १० मंसिर बिहीबार

ठमेलको होटलबाट साढे ५० लाख नगदसहित दुई जना पक्राउ

ठमेलको होटलबाट साढे ५० लाख नगदसहित दुई जना पक्राउ


काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरका अनुसार ठमेलस्थित स्नोलाइन होटलमा अवैध रूपमा रकम लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा ५० लाख ५० हजार नेपाली रुपैयाँ, ओमानका ४ हजार २१५ रियाल र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम बरामद गरेको हो।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेलमा बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर बरामद रकमको स्रोत, विदेशी मुद्राको प्रयोजन तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १० मंसिर बिहीबार  ११ : २९ बजे

आठ देशका विज्ञ सहभागी हुने अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सौराहामा हुँदै

नवलपुर । नवलपुरको कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसले आठ देशका प्राज्ञ

जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको सेनाद्वारा हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्याका कारण जोखिममा परेकी बाजुराकी २०

कानुन बमोजिम प्रक्रिया अगाडि बढेको प्रहरी उपरीक्षक मल्लाको भनाई 

इनरुवा । बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान

कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद : आयोजनाको प्रतिष्ठा र पदकको चुनौती

सुर्खेत । लामो प्रतीक्षापछि कर्णाली प्रदेशमा सुरु भएको दसौँ राष्ट्रिय

सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार असफल : कांग्रेस महामन्त्री पौडेल

धादिङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन