२०८३, ८ मंसिर मंगलबार

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट


सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सोमबार दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको टायलको छाना भएको काठले निर्मित दुई तले कच्ची घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । 

आगलागी हुँदा घरधनी बलको परिवार खेतमा काम गर्न गएको र घरमा कोही पनि नभएको बताइएको छ । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, नगद तथा महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगलागीबाट नागरिकता, विवाह दर्ता, जन्म दर्ता तथा पासपोर्टलगायतका महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । घटना स्थल विकट चुरेक्षेत्र भएका कारण घटनाबारे इलाका प्रहरी कार्यालय कर्मैयामा सोमबार साझ जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

प्रकाशित मिति : २०८३, ८ मंसिर मंगलबार  ५ : ५१ बजे

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा

प्रधानमन्त्रीको दिल्ली भ्रमण : स्वागत भव्य, उपलब्धिमा विज्ञका फरक मत

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र