सिन्धुली । बिभाजनको डिलमा पुगेको नेपाली कांग्रेसको जिल्ला तथा प्रदेश अधिवेशनको मिति घोषणा नभएपनि जिल्ला सभापति पदका लागि आधा दर्जन नेताहरुले घोषणा गरेपछि रस्साकस्सी निकै गहिरो बन्ने देखिएको छ ।
सरकारले निर्वाचनको मिति घोषणा गरे तत्कालका लागि प्रदेश वा जिल्ला अधिवेशन नहुने अबस्थामा नेपाली कांग्रेसको आन्तरिक बिभाजन तत्कालका लागि रोकिने जानकारहरुले बताइरहेका बेला जिल्ला सभापति पदका आधा जर्दन उमेदवारहरुको घोषणाले कांग्रेसका पुराना नेताहरुमा चिन्ता थपिदिएको छ ।
तल्लो तहका नेता कार्यकर्तामाझ आउँदो जिल्ला अधिवशेनमा आफू सभापति पदका उमेदवार बताउँदै नेता प्रेमचन्द्र दाहालले मतनैं माग्न थालिसकेका छन् भने वर्तमान उपसभापति दीपक घिमिरेले सामाजिक सञ्जाल मार्फत आफूले जिल्ला सभापति पदको उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसका नेता कर्णवहादुर थापा मगर र बागमती प्रदेशसभा सदस्य क्षेत्रवहादुर बम्जनले पनि आफू नेपाली कांग्रेसको सभापति पदको उमेदवार भन्दै सार्वजनिक स्थलमा बताउन थालेका छन् ।
त्यसैगरी वर्तमान जिल्ला सभापति उपेन्द्रकुमार पोखरेल यस पटक पनि आफू सभापति पदमा दोहोरिने र अहिले मैदानमा देखिएका वा दावी गर्ने साथीहरु भन्दा आफू बलियो सभापतिको उमेदवार भएको बताउन थालेका छन् । त्यसैले पनि नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा अहिले सभापति पदको लागि दाबी गर्ने नेताहरु मध्ये प्रेमचन्द्र दाहाल मात्रै उमेदवार बन्ने निश्चित छ, किनकी प्रत्येक जिल्ला अधिवेशनमा सोही पदका लागि उमेदवारी दिंदै आएका दाहाल यस पटक भने अन्य उमेदवारहरुको तुलनामा बलिया मानिन्छन् । तीनपाटन, दुधौली र कमलामाईको साथ पाएका भनिएका दाहाल र प्रदेश सांसद बम्जन र घिमिरेका बीच अन्तत प्रतिस्पर्धा हुन सक्ने नेपाली कांग्रेसका नेताहरु बीच चर्चा चल्न थालेको छ ।
अध्यक्षको दाबी गरेको तीनपाटन गाउाँलिका अध्यक्ष थापा बागमती प्रदेश पदाधिकारीमा जाने मनस्थितिमा रहेको नेताहरुको बझुाई छ । यस्तो अबस्थामा यदी थापाले चाहे अनुसार भयो भने सिन्धुली कांग्रेसमा त्रिपक्षीय भिडन्त हुने निश्चित प्रायः छ । सिन्धुली कांग्रेसका एक पुराना नेता भन्छन्ः यदी त्रिपक्षीय भिडन्त भयो भने अन्तत दाहाल र बम्जनका बीचनैं ‘भाले भिडन्त’ हुनेछ । त्यस्तो अबस्थामा वर्तमान सभापति पोखरेलले गएको महाधिवेशन प्रतिनिधी छनोट तथा पारिवारिक सम्बन्धका कारण बम्जनलाई सघाउने निकटस्थहरु बताउँछन् । बर्तमान सभापति पोखरेल खुलेरै बम्जनको पक्षमा उभिंदा अर्का प्रतिस्पर्धी दाहाल प्रतिनिधीहरुको रोजाईमा पर्न सक्ने कांग्रेस भित्रै चर्चा चलिरहेको छ ।
दाहालका यस्ता छन् एजेण्डा !
नेपाली कांग्रेस सिन्धुलीको सभापति पदमा उमेदवारी घोषणा गरेका बरिष्ठ कानून व्यवसायी समेत रहेका प्रेमचन्द्र दाहालले आफूले सभापति पदमा जितेको भोलिपल्टबाटै २ नम्बर बजारमा पार्टी कार्यालय बनाउने अभियान थाल्ने बताएका छन् । सन्देश जनप्रियसँगको कुराकानीका क्रममा दाहालले भनेकाछन्ः मैंले पहिला पनि अपायक ठाउँमा पार्टी कार्यालय नबनाऔं भनेको थिएँ, साथीहरुले मान्नु भएन, अन्य पार्टीको कार्यालय २ नम्बर बजारमा छ, हामी पनि आफ्नो पार्टी कार्यालय आफैंले बनाउन सक्छौं, त्यसका लागि साथीहरुले पत्याउनु भयो र मलाई जिताउनु भयोभने भव्य पार्टी कार्यालय बनाउने र लोकतान्त्रिक बिधी र पद्धतिमार्फत पार्टी सञ्चालन गर्ने मेरो पहिलो काम हुनेछ ।
नेपाल वार एशोशिएशन सिन्धुलीको भवन आफ्नै अगुवाईमा बनेको प्रसंग उल्लेखगर्दै नेता दाहालले नेपाली कांग्रेस सिन्धुलीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आब्ह्वान गरेकाछन्ः यो उमेदवारी मेरो अन्तिम हो, मलाई सभापति पदमा जिताउनुभयो भने मैंले काम गरेर देखाउने हो, तपाईहरुसँग गरेको बाचा पुरा गर्ने हो, यदी मलाई जिताउनु भएन भने म काँग्रेस सिन्धुलीको लागि अयोग्य रहेछु भन्ने बुझ्छु र कहिल्यै पनि सभापति पदका लागि उमेदवार बन्ने छैन । यो उमेदवारी मेरो अन्तिम हुनेछ ।
यस्तो महंगीको अबस्थामा जग्गा खरिद गरेर पार्टी कार्यालय बनाउन त सजिलो छैन नि ? भन्ने जिज्ञासामा उनले भनेकाछन्ः झट्ट हेर्दा त त्यस्तै लाग्छ, तर इमान्दार प्रयन्त अगाडि बढाइयो भने हाम्रो पार्टि कार्यालय निर्माणका लागि सबैले सहयोग गर्नुहुन्छ । किनकी हामीले राम्रो कामको थालनी गरेकै छैनौं । भवन निर्माणका लागि सबै भन्दा पहिला मैंलेनैं रकम घोषणा गर्नेछु । विपी, गणेशमान र किसुनजीको आदर्शलाई मेरो नेतृत्वको कांग्रेसले कहिल्यैपनि मर्न दिने छैन, दाहालले अगाडि भनेकाछन् ।
घिमिरेको फरक एजेण्डा !
सभापति पदका उमेदवार घिमिरेले आफ्नो प्रतिवद्धताको लिफलेटनैं तयार पारेका छन् । प्राप्त कागजातमा मेरो प्रमुख प्रतिवद्धता भन्दै कोर कायकर्ता बीच बितरण गरिएको उक्त लिफलेटमा निष्ठा र निरन्तरता, नेतृत्व हस्तान्तरण र रुपान्तरण, सक्रिय र अनुशासित संगठन, पार्टी कार्यालयको पुनःनिर्माण रहेका छन् ।







प्रतिक्रिया