२०८३, ३० कार्तिक सोमबार

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य


काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागी हुने भएका छन्। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने भेलाका मुख्य लक्ष्य रहेको प्रचार विभाग प्रमुख नीरज आचार्यले बताए।

चुनावको व्यवस्थित पूर्वतयारी, पार्टी पङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउन र मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको बताए।

भेलामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत कूल ३ हजार ४१४ जनाको सहभागिता रहने उनले बताए।

भेलालाई अध्यक्ष केपी ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्ने तय भएको छ।

पार्टीका वरिष्ठ नेता, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी विशेष सम्बोधन गर्ने र मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत समेत प्रस्तुत हुनेछन्।

उपाध्यक्ष रामबहादुर थापाद्वारा संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण कामहरू तथा उपलब्धिहरूको समीक्षा र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन्।

राष्ट्रिय भेलाका सहभागीहरूले अनिवार्य रूपमा स्थानीय निर्वाचन केन्द्रित सुझावहरू लिखितरूपम दिनुपर्ने उनले बताए।

प्रकाशित मिति : २०८३, ३० कार्तिक सोमबार  ४ : १९ बजे

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका

बल्खुमा छठ पर्वको उल्लास, उपराष्ट्रपतिको विशेष उपस्थिति

काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा

अमेरिकामा सबै हवाई उडान किन रोकिए ?

काठमाडौ। अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा

माछा व्यापारी र भन्सार कर्मचारी बीच सेटिङको चर्चा, पटक पटक पक्राउ परेकालाई जरिवानामा सहुलियत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा रहेको सुरज फिस सप्लायर्सको माछा