काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी डा. मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए। यसैगरी, सरकारले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई पदमुक्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा फेरबदल भएको छ।







प्रतिक्रिया